काठमाडौंमा साउन २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा खोप दिइने

काठमाडौंमा साउन २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा खोप दिइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकामा साउन २२ गतेबाट पुनः भेरोसेल खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काकाअनुसार २२ साउनदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिइने छ ।

उनले १ लाख ६५ हजार व्यक्तिलाई भेरोसेलको दोस्रो मात्रा खोप लगाउन बाँकी रहेको बताए । तर दोस्रो मात्रा खोप लगाउने व्यक्तिहरुले विद्युतीय दर्ता नम्बर र पहिलो डोज लगाएको खोप कार्ड अनिवार्य लिएर खोप केन्द्र जानु पर्नेछ । 

खोप केन्द्रलाई व्यवस्थित गर्न र खोप लगाएका व्यक्तिहरुको रेकर्ड राख्नका लागि विद्युतीय दर्ता नम्बर अनिवार्य गरिएको हो ।

Recent Comments

No comments to show.