प्रतिनिधि सभाको बैठक, यस्ता छन् सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक, यस्ता छन् सम्भावित कार्यसूची

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम आयोगको आर्थिक वर्ष २०७६/०७७ वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा सभामुखले अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुला जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित सदस्य हाल नेपाली कांग्रेसका नेता अकबरबहादुर सिंहको ९० वर्षको उमेरमा २०७८ साल साउन १५ गते निधन भएको थियो । उनको निधनप्रति संसदमा शोक प्रस्तुत गरिने सचिवालयले जनाएको छ ।

Recent Comments

No comments to show.