झिनो अंकले बढ्यो शेयर बजार,परिसुचक ३०८५ अंक पुग्दा १२ अर्ब ९८ करोड को कारोबार

झिनो अंकले बढ्यो शेयर बजार,परिसुचक ३०८५ अंक पुग्दा १२ अर्ब ९८ करोड को कारोबार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ४.०६ अंकलले बढेर ३०८५.०७ अंकमा पुगेको छ ।

सोमबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । इन्डेक्स ०.३० अंकले बढेर ५७२.४६ अंकमा पुगेको छ ।

आज लघुवित्तको शेयरमा लगानीकर्ता आर्कषित भए । लघुवित्तको सूचक २.२२ प्रतिशत बढ्यो । त्यस्तै, इन्भेष्टमेन्टको १.७० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै होटल एण्ड टुरिजम समुहको सूचक १.४९ प्रतिशत घट्यो । त्यस्तै, विकास बैंकको १.२५ प्रतिशत घट्यो । सोमबार २२६ कम्पनीको २ करोड १८ लाख ९४ हजार २०९ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९८ करोडको कारोबार भयो ।

आज दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा घलेम्दी हाइड्रोपावर र गुँरास लघुवित्त रहेका छन् । घलेम्दीको शेयर मूल्य १० प्रतिशत बढ्यो भने गुँरास लघुवित्तको ९.९८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नेपाल हाइड्रो डेभलपर्सका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ५.३३ प्रतिशत घट्यो । त्यस्तै, यूनाईडेड एमआइडी मार्दीको शेयर मूल्य ५.०७ प्रतिशत घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार अरुण काबेली पावरले गर्यो । कम्पनीले ३७ करोड ७५ लाख रुपैयाँको कारोबार गर्यो ।

Recent Comments

No comments to show.