ओलीलाई नेपालले चेतावनी दिँदै भने– ‘फेरि प्रधानमन्त्री बन्छु कि भनेर कसैले जालझेल नगरीयोस्’

ओलीलाई नेपालले चेतावनी दिँदै भने– ‘फेरि प्रधानमन्त्री बन्छु कि भनेर कसैले जालझेल नगरीयोस्’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा ()एमाले)का नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।

काठमाडौंमा शनिबार अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेपालले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न सुझाव दिएका हुन ।  

“यो प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस अब कसैले पनि नगरोस् । फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षडयन्त्र कसैले नगरोस् । अब जे हुनेछ, पारदर्शी ढंगले हुनेछ,” उनले भने, “संविधानको संरक्षण भएको छ । संविधानको सही व्याख्या भएको छ । सर्वोच्च अदालतको फैसलाप्रति हामी सम्मान गर्न चाहन्छौँ ।”

संविधान जोगाएर नयाँ सरकार बनाएको उल्लेख गर्दै उनले सरकारलाई राम्रो काम गरेर देखाउन पनि आग्रह गरे । सही विचार आत्मसात् गरेर अघि बढ्न पार्टी कार्यकर्तालाई निर्देशनसमेत दिए ।

अर्को प्रशंगमा उनले अब नेपालमा राजतन्त्र फर्कने वा फर्काउने दिवास्वप्त नदेख्न चेतावनी दिए । 

कार्यक्रममा नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष ओलीले पद त्याग नगरेसम्म एमाले एकता हुन नसक्ने बताइन । भेला अघि अखिल फोर्सले काठमाडौंमा बृहत मोटरसाइकल र्‍याली निकालेको थियो । 

Recent Comments

No comments to show.