पार्टी एकता र महाधिवेशनबारे छलफल गर्न एमाले स्थायी समिति बैठक बस्दै

पार्टी एकता र महाधिवेशनबारे छलफल गर्न एमाले स्थायी समिति बैठक बस्दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमाले स्थायी कमिटी बैठक शनिबार (आज)  बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा महासचिव ईश्वर पोखरेलले बैठक बोलाएका हुन् ।

दिउँसो २ बजे  तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकले केन्द्रीय विभागहरुलाई पूर्णता दिने बताइएको छ । 

त्यस्तै बैठकमा विधान महाधिवेशन तयारी र सदस्यता नवीकरणलगायतका विषय छलफलका एजेन्डा रहेको केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए ।

वरिष्ठ नेता माधव नेपाल पक्षसँग सहमतिका लागि लामो समयदेखि बैठक बसेको थिएन ।

यसबीचमा धेरै प्रयास भए पनि पार्टीलाई निष्क्रिय राख्न नमिल्ने भएकाले बैठक बोलाइएको तामाङको भनाइ छ ।  

Recent Comments

No comments to show.