एकैदिन मेगा बैंकको ६ वटा नयाँ शाखा विस्तार

एकैदिन मेगा बैंकको ६ वटा नयाँ शाखा विस्तार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले शुक्रवार छ ओटा नयाँ शाखा विस्तार गरेको छ ।

कम्पनीले प्रदेश नम्बर १ मा एउटा, वाग्मती प्रदेशमा तीन ओटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा शाखा विस्तार गरेको हो । कम्पनीले प्रदेश नम्बर १ स्थित सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुरमा बैंकले नयाँ शाखा खोलेको छ । 

कम्पनीले वाग्मती प्रदेशमा नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा, चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा र सोही महानगरपालिकाको वडा नम्बर १० भरतपुर हाइटमा  कम्पनीले  नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।

त्यसैगरी लुम्बिनी प्रदेशमा बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदोमा र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १ एलएन चोकमा पनि नयाँ शाखा विस्तार गरेको कम्पनीले बताएको छ । ती शाखाहरुबाट बैंकिङ कारोबारको प्रारम्भ शुक्रवारबाटै भएको कम्पनीका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिएका छन् । 

योसँगै अब कम्पनीको शाखा संख्या १८४ ओटा पुगेको छ । निकट भविष्यमै थप १० ओटा नयाँ शाखाहरु सञ्चालनमा आउने तयारी भइरहेको कम्पनीले बताएको छ । 

Recent Comments

No comments to show.