काठमाडौं ।मदन पुरस्कारका लागि ९ वटा पुस्तक छानिएका छन् ।
२०७७ सालको मदन पुरस्कारका लागि २२२ पुस्तकमध्ये ९ वटा पुस्तक छनोटमा परेको मदन पुरस्कार गुठीले जानकारी दिएको छ ।
छनोटमा परेका पुस्तकमा एकलव्यको देब्रे हात, करिया, कल्प-ग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गे, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) रहेका छन् ।
गुठीका अनुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनोटको एउटा आधार बनाइएको थियो । छनोटमा परेका यी पुस्तकहरूमध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ ।
प्रतिक्रिया