काठमाडौं । राष्ट्रिय योजना आयोगका पदाधिकारीको सपथ ग्रहण आज (बिहीबार) बिहान हुने भएको छ।
गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेका उपाध्यक्षसहितका पदाधिकारीलाई बिहीबार बिहान साढे ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ ग्रहण गराउने छन्।
यसअघि प्रधानमन्त्री देउवाको अध्यक्षतामा गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा विश्व पौडेललाई नियुक्त गरेको थियो।
त्यस्तै आयोगको सदस्यहरूमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई नियुक्त गरिएको छ। योजना आयोगको अध्यक्ष स्वयं प्रधानमन्त्री रहने व्यवस्था छ।
प्रतिक्रिया