माछापुच्छ्रे बैंकको ऋणपत्र खरीदका लागि आवेदन दिने अन्तिम दिन आज

माछापुच्छ्रे बैंकको ऋणपत्र खरीदका लागि आवेदन दिने अन्तिम दिन आज

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिहीवारदेखि विक्रीमा आएको माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र खरीदका लागि आवेदन दिने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।

बैंकले १० वर्ष अवधिको उक्त ८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७ असार ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ । 

सर्वसाधारणका लागि निष्काशन गरिएकोमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

 

Recent Comments

No comments to show.