ट्राफिक प्रहरीद्वारा सार्वजानिक यातायातमा सचेतनामुलक स्टीकर लगाउने अभियान सुरु

ट्राफिक प्रहरीद्वारा सार्वजानिक यातायातमा सचेतनामुलक स्टीकर लगाउने अभियान सुरु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सडकमा छोडिएका चौपायामा टल्कने स्टिकर लगाउने अभियान थालेको छ । 

सडकमा छाडा छोडिएका चौपायाका कारण रातको समयमा दुर्घटना हुने गरेको भन्दै महानगरीय ट्राफिक प्रहरी प्रभाग सुकेधाराले चौपायामा टल्कने स्टीकर लगाउने अभियान सुरु गरेको हो । 

त्यस्तै महानगरीय ट्राफिक प्रहरी प्रभाग सुकेधाराले उपत्यकाका रिङ्गरोडमा चल्ने सार्वजानिक यातायातमा समेत सचेतना मुलक स्टिकर लगाउने अभियानलाइ पनि निरन्तरता दिएको छ । 

जसमा सर्बसाधरणका लागि ट्राफिक नियम सम्बन्धी सम्पूर्ण जानकारी दिने उदेश्यले ट्राफिक सकेतहरु सहितको  स्टिकर लगाउने अभियानलाइ निरन्तरता दिएको प्रभागले जनाएको छ ।

पछिल्लो समय नेपालमा थप कोरोना भाइरसको संक्रमण तीब्र रुपामा बढी रहेको अबस्थामा स्वास्थ्य मापदण्ड पालना भए नभएको समेत अनुगमन भइरहेको ट्राफिक प्रहरी प्रभाग सुकेधाराले जनाएको छ ।

Recent Comments

No comments to show.