राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा अघिल्लो पटक सरकार गठन हुँदा उनी योजना आयोगकै सदस्य थिए।

यस्तै सरकारले अघिल्लो सरकारले नियुक्त गरेका दुईवटा प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्त गरेको छ। बैठकले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान सिंह गुरुङलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

यसैगरी प्रभुराम शर्माले प्रधानसेनापतिको कार्यवाहक जिम्मेवारी पाएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप उनले २४ साउनबाट विदा बस्ने तयारी गरेका थिए ।

थापाको औपचारिक विदाइ भने २५ भदौमा हुनेछ ।

Recent Comments

No comments to show.