कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन कार्यतालिका परिवर्तन गर्ने तयारी

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन कार्यतालिका परिवर्तन गर्ने तयारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दैछ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा आज विहान ९ बजे बैठक बस्न लागेको हो।  

बैठकले निर्धारित मितिमा महाधिवेशन हुन्छ वा सर्छ? यसको छिनोफानो गर्ने भएको छ। बैठकमा रमेश लेखक नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाउनेछ। समितिले प्रतिवेदन पेस गरेपछि महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने तयारी भइरहेको बुझिएको छ। 

‘पदाधिकारी र पूर्वपदाधिकारी बैठकले महाधिवेशन सार्ने वा निर्धारित मितिमै गर्ने भन्नेबारे निर्णय लिनेछ,’ सहमहामन्त्री सुनीलबहादुर थापाले भने, ‘छानबिन समितिले प्रतिवेदन पनि बुझाउँछ। स्थगन भएको वडा तहको अधिवेशन र अन्य अधिवेशनका हकमा नयाँ कार्यतालिका पनि आउने सम्भावना छ।’

Recent Comments

No comments to show.