जसपा विवाद- रेशम चौधरी तटस्थ, कसैलाई पनि दिएनन् भोट

जसपा विवाद- रेशम चौधरी तटस्थ, कसैलाई पनि दिएनन् भोट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जसपा आधिकारिकता विवादमा सनाखत गर्न निर्वाचन आयोग पुगेका कार्यकारिणी समिति सदस्य रेशम चौधरी तटस्थ बसेका छन् ।

कार्यकारिणी समिति सदस्यको सनाखतका लागि आज डिल्लीबजारस्थित कारागारबाट प्रहरीको कडा सुरक्षाबीच निर्वाचन आयोग पुगेका चौधरीले तटस्थ रहेको स्पष्ट पारेका हुन् ।

कारागारमै सनाखत गर्न नमानेपछि उनलाई निर्वाचन आयोग पुर्‍याइएको थियो। आयोग पुगेपछि दुवै पक्षका नेताहरुसँग छलफल गरेर सांसद चौधरीले तटस्थ बस्ने निर्णय गरे ।

छलफलपछि उनले आफूलाई कुनै पक्षमा लाग्नु नरहेको भन्दै मुल पार्टी जसपा भएकाले तटस्थ बस्ने निर्णय लिएका छन् । आयोग परिसरबाट बाहिरिने क्रमममा उनले आफ्नो एक मात्र एजेण्डा न्याय, न्याय र न्याय रहेको बताए ।

२०७४ को निर्वाचनमा तत्कालीन राजपा अर्थात महन्थ ठाकुर पक्षबाट चौधरीले प्रतिनिधिसभा सदस्य जितेका थिए । २०७२ भदौमा भएको टीकापुर घटनामा अदालतले उनलाई दोषी ठहर गरेपछि उनी कारागारमा छन् ।

आयोगले आज आधिकारिकताका लागि जनता समाजवादी पार्टीका दुवै पक्षका नेतालाई बोलाएको थियो। आधिकारिकताका लागि भएको सनाखतमा उपेन्द्र यादव पक्षमा २४ जनाले हस्ताक्षर गरेका छन् भने महन्थ ठाकुर(राजेन्द्र महतो पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन्। राजेन्द्र महतोले ५१ जना नेता तलमाथि हुनु प्रविधिक रुपमा फुट भएको तर्क गरे।

निर्वाचन आयोगले कहिल्यै दल नबनाउने तर सधैं फुटाउने गरेको अभिव्यक्ति दिए । दल विभाजनका लागि आफूहरु निर्वाचन आयोगमा उपस्थित नभएको तर्क गर्दै उनले जनता आफ्नो पक्षमा रहेको जिकिर गरे।

Recent Comments

No comments to show.