नेपाली बजारमा रोयल इन्फिल्ड मेटोर–३५० सार्वजनिक हुँदै, मूल्य कति ?

नेपाली बजारमा रोयल इन्फिल्ड मेटोर–३५० सार्वजनिक हुँदै, मूल्य कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आगामी बुधबारबाट रोयल इन्फिल्ड मेटोर–३५० सार्वजनिक हुने भएको छ । 

नेपालको लागि रोयल इन्फिल्डको आधिकारिक वितरक विवेक अटोमोबाइल्सले आइतबार भर्चुअल कार्यक्रमबाट रोयल इन्फिल्ड मेटोर–३५० आगामी बुधबारबाट नेपालमा बिक्री सुरु हुने जानकारी दिएको हो ।

मेटोर ३५० मा ३५० सिसी क्षमताको सिङ्गल सिलिन्डर एयर कुल्ड, एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम २०.२ बिएच पावर र २७ एनएम टर्क प्रदान गर्ने छ । भारतीय प्रदूषण मापदण्ड बिएस ६ अनुसारको इन्जिनमा उपलब्ध हुने मेटोर ३५० मा ड्युल च्यानल एबिएस दिइएको छ ।

यस्तै मेटोर ३५० मा अलोय ह्विल, डिस्क ब्रेक, गोलो हेडलाइट, एलइडी डे टाइम रनिङ लाइट, युएसबी चार्जर, पुल्ड ब्याक ह्यान्डलबार, स्वीङ रियर फेन्डर, एलइडी टेललाइट, सेमी–डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी, टर्न वाई टर्न इन्डिकेटर जस्ता फिचर यसमा उपलब्ध रहेको छ ।

कम्पनीले यसमा १५ लिटर क्षमताको इन्धन ट्याङ्क दिएको छ भने १७० एमएमको ग्राउन्ड क्लियरेन्स दिएको छ ।

मोटरसाइकलको ब्रेकिङ सिस्टमलाई उत्कृष्ट बनाउन कम्पनीले यसको अगाडि चक्कामा ट्विन पिस्टन फ्लोटिङ क्यालिपरको साथ ३०० एमएमको डिस्क र पछाडि चक्कामा सिङ्गल पिस्टन फ्लोटिङ क्यालिपरको २७० एमएमको डिस्क दिएको छ ।

मूल्य कति ?

तीन भेरियन्ट र ७ कलर अप्सनमा नेपालमा सार्वजनिक हुने यो मोटरसाइकलको मूल्य ६ लाख ५० हजारदेखि ७ लाख ५० हजारको बीचमा रहने बितरक विवेक अटोमोबाइल्सले बताएको छ ।

Recent Comments

No comments to show.