एजेन्सी । च्याम्पियनसिप क्लब फुलहमले लिभरपुलका विंगर ह्यारी विल्सनलाई अनुबन्ध गरेको छ । विल्सनले फुलहमसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
फुलहमले २४ वर्षीय विल्सनलाई १२ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो। वेल्सका विंगरले पछिल्लो सिजन कार्डिफ सिटीबाट लोनमा खेलेका थिए ।
गत सिजन ३७ खेलमा उनले ७ गोल गरेका थिए । यस्तै फुलहमले गोलकिपर पाउलो गज्जानिगालाई समेत अनुबन्ध गरेको छ । २९ वर्षीय अर्जेन्टिनाका गोलकिपरले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । उनी टोटेनहमबाट फुलहम गएका हुन्।
प्रतिक्रिया