काठमाडौंमा कोरोना खोप लगाउन अनलाइन दर्ता अनिवार्य,यसरी भर्नुहोस् फारम

काठमाडौंमा कोरोना खोप लगाउन अनलाइन दर्ता अनिवार्य,यसरी भर्नुहोस् फारम

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । काठमाडौं जिल्लामा अब अनलाइनमा नाम दर्ता गराएकाहरुले मात्र कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार उक्त प्रावधान गरिएको काठमाडौं स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले बताए। मन्त्रालयले साउन १ गते पत्र पठाएर उक्त निर्देशन दिएको खड्काको भनाइ छ।

उनले भने‚  ‘खोपका लागि अनलाइन दर्ता नम्बर भएकोलाई मात्रै अब खोप लगाउनु भन्ने पत्र आएको छ‚ अब त्यहीअनुसार खोप लगाउँछौँ।’

सरकारले काठमाडौंमा १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप लगाउने बताएको छ। खोपका लागि स्वास्थ्य मन्त्रालयको तयार गरेको वेबसाइटमा गएर फर्म भर्न सकिने खड्काले बताए। खोप केन्द्रमा भीड नहोस् भनी यस्तो प्रावधान गरिएको उनको भनाइ छ।

कोरोनाविरुद्धको पहिलो खोप लगाउन चाहनुहुन्छ ? यसरी भर्नुहोस् फारम

नेपाल सहित विश्वका विभिन्न देशमा कोभिड-१९ विरुद्धको खोप तीव्र रुपमा सञ्चालनमा रहेको छ ।

खोप सञ्चालनमा रहेपनि नेपालमा शुरुवाती चरणमा कतिपयले डरकै कारण लगाएनन भने इच्छा हुनेहरुले प्राथमिकताको आधारमा भागबण्डागर्दा अवसर पाएनन् ।

कोरोनाले त्रसित अधिकांश मानिसहरु खोप लगाउन चाहन्छन्। तर सरकारले पहिलो चरणको खोप प्राथमिकताको आधारमा सञ्चालन गरेको थियो ।

प्राथमिकताको कारण नै धेरै जसोले खोप लगाउन पाएका थिएनन् । सरकारले प्राथमिकताका आधारमा चरणगत रुपमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरेपनि सर्वधारणले भने अझै सहज रुपमा खोप लगाउन पाएका छैनन् ।

स्वैच्छिक व्यक्तिगत दर्ता फारम भएकाले यो दर्ता फारम हालसम्म खोप नलगाएका १८ वर्ष र सो माथिका व्यक्तिहरूले भर्न सक्नेछन् ।

खोप लगाउन चाहने व्यक्तिले स्वैच्छिक दर्ता फारम https://vaccine.mohp.gov.np/ साइटबाट भर्न सकिने स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको छ ।

कोभिड-१९ महामारी बिरुद्धको खोप लगाउनको लागि फारममा तपाईको पुरा नाम, ठेगाना, जन्म मिति, पेशा, तपाईलाई कुनै स्वास्थ्य समस्या, शारीरिक अवस्था, इत्यादी भर्नु पर्ने हुन्छ।

यो फारम किन भर्ने ?

१) तपाईं कुन केन्द्रमा खोप लगाउन चाहनुहुन्छ भन्ने सूचना प्राप्त गर्न ।

२) यो स्वैच्छिक, व्यक्तिगत आवेदन फारम हो ।

३) यो फारम हालसम्म खोप नलगाएको १८ वर्ष र सो भन्दा माथिका व्यक्तिहरुबाट भर्न आव्हान गरिएको छ ।

४) यो आवेदन फारमबाट प्राप्त भएका विवरण पालिका स्तर मा खोप संग संबन्धित योजना तथा व्यवस्थापन गर्नका प्रयोग गरिने छ ।

५) यो फारम भर्ने बित्तिकै खोप लगाउने सुनिस्चितता भने जनाउदैन ।

Recent Comments

No comments to show.