‘क्लासिको लेजेन्ड’ मा रियलको रोमाञ्चक जित

‘क्लासिको लेजेन्ड’ मा रियलको रोमाञ्चक जित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लेजेन्ड एल क्लासिकोमा स्पेनिस क्लब रियल म्याड्रिडले जित हात पारेको छ । गएराति इजरायलस्थित ब्लुमफिल्ड स्टेडियममा भएको खेलमा रियलले क्याटलान क्लब बार्सिलोनालाई ३-२ले पराजित गरेको हो ।

पहिलो हाफको अन्त्यतिर पेड्रो मुनिटिस र अलफन्सो पेरेजले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि रियलले खेलमा २–१ को अग्रता लिएको थियो ।

त्यसपछि ६०औं मिनेटमा जोफ्री मटिउले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो । ६९औं मिनेटमा रुबेन डे ला रेडले गोल गर्दै रियललाई ३–२ को रोमाञ्चक जित दिलाए ।

उक्त खेलमा २५ हजार बढी समर्थकलाई मैदान प्रवश गराइएको थियो । बार्सिलोनाबाट रोनाल्डिन्होसँगै रिभाल्डोले पनि खेलेका थिए । रियलबाट रोबर्टो कार्लोस र लुइस फिगोलगायतले खेलेका थिए ।

मनोरञ्जनका लागि मैत्रीपूर्ण लेजेन्ड खेलाडीको एल क्लासिको भएको हो ।

Recent Comments

No comments to show.