शिल्पा सेट्टीका पतिलाई हिरासतमा राख्न अदालतको अनुमति

शिल्पा सेट्टीका पतिलाई हिरासतमा राख्न अदालतको अनुमति

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। पोर्न भिडियो बनाएको विषयमा पक्राउ परेका बलिउड नायिका शिल्पा सेट्टीका पति राज कुन्द्रालाई हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जुलाई २३ सम्मका लागि उनलाई न्यायिक हिरासतमा राख्न अनुमति दिइएको हो ।

उनलाई सोमबार राति मुम्बई प्रहरीले पक्राउ गरी आज मंगलबार अदालतमा उपस्थित गराएको थियो । यो विषयमा मुम्बई प्रहरीले हालसम्म ११ जनालाई पक्राउ गरिसकेको छ ।

मुम्बई क्राइम ब्रान्चका अनुसार कुन्द्राले पोर्न उद्योगमा आठदेखि १० करोड भारतीय रुपैयाँ लगानी गरेका छन् । उनले भारतमा भिडियो खिचेर बेलायतमा पठाउने गरेको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको साइबर कानुनबाट बच्न उनले कम्पनीसमेत बेलायतमा नै दर्ता गरेको पाइएको छ ।

यस विषयमा छानबिनका लागि प्रहरीले शिल्पालाई समेत पक्राउ गर्न सक्ने बताइएको छ । उनी पति कुन्द्राको प्रायः सबै व्यवसायमा साझेदार रहेकी छिन् । 

Recent Comments

No comments to show.