बीमाशुल्कमा ब्यापक बृद्धि, जीवनतर्फ २८.७१ र निर्जीवनतर्फ १५.३५ प्रतिशतले छलाङ

बीमाशुल्कमा ब्यापक बृद्धि, जीवनतर्फ २८.७१ र निर्जीवनतर्फ १५.३५ प्रतिशतले छलाङ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । बीमा कम्पनीहरुले प्रिमियम संकलनमा छलाङ मारेका छन् । 

गत आर्थिक वर्ष २०७७/७८ बीमा कम्पनीहरुको बीमा शुल्क व्यापक रुपमा बढाएका हुन् ।  बीमा समितिका अनुसार जीवन बीमाशुल्क २८.७१ प्रतिशतले र निर्जीवन बीमा शुल्क १५.३५ प्रतिशतले बढेको छ । 

समितिले साउन १ गते सबै जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरूमा स्थलगत अनुगमन गरेको थियो ।  अनुगम गर्दा गत आर्थिक वर्षमा कूल बीमाशुल्क वृद्धि भएको  बीमा समितिले सार्वजनिक गरेको  तथ्यांकमा देखाइएको छ । 

आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुबाट १ खर्ब २० अर्ब ५५ करोड २३ लाख र निर्जीवन बीमा कम्पनीहरुबाट ३० अर्ब ९० करोड ६८ लाख गरि कुल १ खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख बीमा शुल्क संकलन भएको समितिले उल्लेख गरेको छ ।

अघिल्लो आर्थिक वर्ष ७६/७७ को तुलनामा आर्थिक वर्ष ७७/७८ मा कूल जीवन बीमाशुल्क २८.७१ प्रतिशतले र निर्जीवन बीमा शुल्क १५.३५ प्रतिशतले बढेको हो । 

गत आर्थिक वर्षमा जीवन बीमा तर्फ १५ हजार ९ सय ६४ वटा बीमलेखको २ अर्ब २५ करोड २ लाख र निर्जीवन बीमातर्फ ८६ हजार ४ सय ४० वटा बीमालेखको २० अर्ब १४ करोड ५१ लाख बीमा मागदावीको भुक्तानी दिन बाँकी रहेको तथ्यांक कम्पनीहरुबाट प्राप्त भएको समितिले जनाएको छ।  

समितिका अनुसार जीवन बीमातर्फ ९ अर्ब ८८ करोड १४ लाख बराबरका ६६ हजार ३ सय ३१ वटा बीमा लेखहरु व्यतित (सरेन्डर) भएका छन्  ।                           

Recent Comments

No comments to show.