ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबीच सम्झौता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ बीच सहकार्य भएको छ । 

महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालीगढ एवम् कर्मचारीहरुलाई बीना धितो सहुलियतपूर्ण कर्जा र विशेष छूटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

आइतवार एक कार्यक्रमका बीच ज्योति विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र नेपाल महासंघका अध्यक्ष रमेश महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार बैंकले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कालीगढ एवम् कर्मचारीहरुलाई विशेष छूटमा प्रोफेसनल लोन र १५ लाख रुपैयाँ सम्मको बीना धितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ । 

यस सम्झौता पश्चात नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवम् कर्मचारीहरुलाई कर्जा सेवाले थप सहजता प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

Recent Comments

No comments to show.