महेश बस्नेतको प्रस्तावःप्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने व्यवस्था गरौं

महेश बस्नेतको प्रस्तावःप्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने व्यवस्था गरौं

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य महेश बस्नेतले धर्मनिरपेक्षता र संघीयताबारे समीक्षा गर्नुपर्ने धारणा राखेका छन् ।

शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा बस्नेतले यी दुई पक्षबारे समीक्षा गर्न प्रस्ताव पेश गरेका छन् । संघीयता र धर्मनिरपेक्षताको विषयमा समेत समिक्षा गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुहुँदै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनाउने प्रस्ताव समेत गरेका छन् । 

शनिबार एमालेको केन्द्रीय कमिटी बैठकमा बस्नेतले ८ बुँदे प्रस्ताव पेश गरेका छन । 

यस्तै उनले पार्टी अध्यक्ष दुई कार्यकाल, पदाधिकारी ३ कार्यकाल भन्दा बस्न नपाउने व्यवस्था गर्नुपर्ने पनि बताए ।

पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरुको ४० प्रतिशत सुनिश्चित गर्नुपर्ने र पार्टी महाधिवेशनको राजनैतिक प्रतिवेदन र विधान चुनावको घोषणा पत्रमा सबै बिषय सम्बोधन गर्न कार्यदल बनाएर अघि बढ्न बस्नेतले प्रस्ताव गरेका छन्।

Recent Comments

No comments to show.