दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निवर्तमान सांसदलाई एमालेको निर्देशन

दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निवर्तमान सांसदलाई एमालेको निर्देशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधिन मुद्दाका प्रयोग भएको आफ्ना २३  सांसदहरुको हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका पार्टीका सांसदहरुलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन एमालेले  निर्देशन दिएको हो । 

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले सो निर्देशन दिएको हो ।

बैठकमा महासचिव ईश्वर पोखरेलले आफ्ना सांसदहरुलाई दुई दिनभित्र देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता गर्न निर्देशन दिने प्रस्ताव राखेका थिए । बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।

देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको प्रस्तावमा एमालेका २३ सांसदले हस्ताक्षर गरेका थिए ।

Recent Comments

No comments to show.