जनवरीमा यस वर्ष कै बढी पर्यटक,५८ हजार पर्यटक नेपाल भित्रिए

जनवरीमा यस वर्ष कै बढी पर्यटक,५८ हजार पर्यटक नेपाल भित्रिए

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  कोरोना भाइरस(कोभिड–१९) महामारीको जोखिमका कारण सन् २०२१ मा पर्यटक आवागमनमा गिरावट आएको छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२१ को ६ महिनामा ५८ हजार ५८ विदेशी पर्यटक भित्रिएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण सरकारले विदेशी पर्यटक माथि प्रतिवन्ध लगाएसँगै नेपालमा विदेशी पर्यटक तथा नागरिकको आवागमन संख्या निरासाजनक देखिन्छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार यस वर्षको जुन महिनामा जम्मा एक हजार १४३ पर्यटक हवाई मार्ग भएर नेपाल आएका छन् । सोही महिनामा अघिल्लो सन् २०१९ मा ४४ हजार ३६९ थियो । सन् २०२० को यही महिनामा १०२ जना मात्रै विदेशी नेपाल आएका थिए ।

त्यस्तै, यो वर्षको जनवरीमा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७ र अप्रिलमा सबैभन्दा बढी २२ हजार ४५० विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस्तै मेमा एक हजार ४६८ र जुनमा एक हजार १४३ पर्यटक नेपाल आएका छन् । जुनमा नेपालबाट तीन हजार ६०६ विदेशी बाहिरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

Recent Comments

No comments to show.