एनआरएनए मलेसियाको अध्यक्षमा महेन्द्रजंग शाहको उम्मेदवारी घोषणा,यस्ता छन् प्रतिबद्धताहरु

एनआरएनए मलेसियाको अध्यक्षमा महेन्द्रजंग शाहको उम्मेदवारी घोषणा,यस्ता छन् प्रतिबद्धताहरु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्षमा महेन्द्रजंग शाहको उम्मेदवारी औपचारिक रुपमा घोषणा भएको छ। महेन्द्रजंग शाहले बुधबार आफ्नो आधिकारिक फेसबुक मार्फत उम्मेदवारी घोषणा गरेका हुन्।

शाह लामो समयदेखि मलेसियामा व्यवसाय गर्दै आएका एक सफल व्यवसायी हुन्। विभिन्न समस्यामा परेका नेपालीहरुको उद्धार र समस्या समाधानका लागि पहल गर्ने सामाजिक व्यक्ति पनि हुन्।

मलेसियाका विभिन्न नेपाली संघ संस्थामा आबद्ध हुँदै विगतमा एनआरएन मलेसियाको अध्यक्ष हुँदै एनआरएनको आईसीसी सदस्य रही यस अभियानमा लाग्दै आएका शाहले अध्यक्षमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा सँगै प्रतिबद्धता पत्र जारी गरेका छन्।

शाहले व्यक्त गरेका प्रतिबद्धतामा मलेसियामा रहेका नेपालीहरुलाई निशुल्क एनआरएनएको सदस्यता वितरण गर्ने, एनसीसी मलेसियाको हरेक गतिबिधिलाई श्रमिक मजदुरहरुको पक्षमा अधिकतम श्रममैत्री बनाउन कोसिस गर्ने र अझ सशक्त बनाउने, नेपालमा पर्यटन प्रबर्द्धनका लागि अधिकतम पहल गर्ने, नेपाली नियोगसँग सहकार्य गर्दै नेपाली समुदायमा आइपरेका समस्या तथा अलपत्र परेका नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल गर्नेलगायत छन्।

शाहको प्रतिबद्धताहरु

१. एनसीसी मलेसियाको हरेक गतिबिधिहरुलाई श्रमिक मजदुरहरुको पक्षमा अधिकतम श्रममैत्री बनाउन कोसिस गरिने र अझ सशक्त बनाईने छ ।

२. मलेसियामा रहेका नेपालीहरुलाई निशुल्क एनआरएनएको सदस्यता वितरण गरिनेछ ।

३. नेपालमा पर्यटन प्रबर्द्धनका लागि अधिकतम पहल गरिरहेको र आगामी दिनहरुमा अझ प्रभावकारी र परिणाममुखी वनाउनका लागि पहल गरिनेछ ।

४. नेपाली नियोगसंग सहकार्य गर्दै नेपाली समुदायमा आइपरेका समस्या तथा अलपत्र परेका नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल गरी थप रचनात्मक ढङ्गवाट कार्य सम्पादन गरिने ।

५. मलेसिया सरकारको सम्वन्धित निकायसंगको सहकार्यमा नेपाली श्रमिकहरुका लागि चेतनामुलक कार्यहरु गरीने र संस्थागत रुपमा सम्वन्ध स्थापित गरी थप कार्यहरु गरिने ।

६. प्राय नेपालीहरु मलेसिया आउदा यहाँको भाषा,सस्कृति, धर्मका वारेमा त्यति जानकारी नहुदा समस्यामा पर्ने हुदा सोको न्युनिकरणका लागि चेतनामुलक कार्यक्रमको आयोजना गरिनेछ ।

७. मलेसियासंग नेपाली समुदायको भुमिका प्रभावकारी वनाउनका लागि सम्वन्धित पक्षसंग समन्वय गरिनेछ ।

८. नेपालमा बैदेशिक लगानिका लागि संवृद्ध नेपाल निमार्णको अभियानमा मलेसियावाट इच्छुक लगानीकर्ताहरुको लागि आवश्यक पहल गर्न नेपाली नियोगको समन्वयमा प्रभावकारी भूमिका निर्वाह गरिनेछ ।

९. नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई विश्व सामु चिनाउनका लागि गैरआवसिय नेपाली संघको विश्व संजाल मार्फत आवश्यक पहल गरिनेछ ।

१०. पुर्व परिभाषीत गैरआवसिय नेपाली संघको मान्यता अनुसार सार्क मुलुक भन्दा वाहिर एक आर्थिक वर्षमा १८२ दिन नेपाल वाहिर वस्ने नेपाली स्वतः गैरआवसिय नेपाली हुन भन्ने परिभाषालाई पुन स्थापित गर्नका लागि अन्तराष्ट्रिय समन्वय परिषद मार्फत पहल गरिनेछ ।

Recent Comments

No comments to show.