राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने भएकी छिन्।

स्रोतका अनुसार भण्डारीले आगामी आइतबार वा सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्न लागेकी हुन् ।

विहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभाको बैठकलाई राष्ट्रपतिले सम्वोधन गर्न चाहेको जानकारी गराएका हुन् । उता, संसद सचिवालयका कर्मचारीहरु भने दुबै सदनको संयुक्त अधिवेशन आह्वान गर्ने र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबाहेक अरूबेला राष्ट्रपतिले संसदमा यसरी उपस्थित हुने परम्परा नरहेको बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ गते प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि जेठ ८ गते भण्डारीले विघटन गरेकी थिइन् । प्रतिनिधि सभा नभएकोले राष्ट्रिय सभामा राष्ट्रपतिले सम्बोधन गर्न लागेको बताइएको छ । नेपालकाे इतिहासमा यो अभ्यास भने नौलो हुनेछ । यसबारे औपचारीक जानकारी प्राप्त भएपछि मात्रै प्रतिक्रिया दिने विपक्षी दलका सांसदहरुले बताएका छन् ।

Recent Comments

No comments to show.