ग्रेट वाल मोटर्सको प्रिमियम एसयूभी र पिकअप गाडी नेपालमा,यस्ता छन् विशेषता

ग्रेट वाल मोटर्सको प्रिमियम एसयूभी र पिकअप गाडी नेपालमा,यस्ता छन् विशेषता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  अटोमोबाइल ब्रान्ड ग्रेट वाल मोटर्सका गाडीहरू नेपाली बजारमा भित्र्याइएको छ । ग्रेट मोटर्सका प्रिमियम एसयूभी र पिकअप गाडीहरू बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

जसमा एसयूभी वर्गमा तेस्रो जेनेरेशन हाभल एच६(3rd Gen HAVAL H6) र हाभल जलियन(HAVAL JOLION)छ भने पिकअप वर्षमा पोयर(POER​) रहेको छ । दुवै मोडलहरुको लुक, इन्टेरियर स्पेस, ओभरअल पर्फर्मेन्स, इन्टेलिजेन्स र सेफ्टीलाई ध्यानमा राखी विस्तृत रुपमा रिडिजाइन गरिएको कम्पनीले जनाएको छ ।

कार ब्रान्ड सम्बन्धि बिषेश अनुभव रहेको भीजी. इम्पेक्स ग्रेट वाल मोटर्सको आधिकारिक आयातकर्ता र बिक्रेता रहेको छ । तीन नयाँ मोडलहरु हाभल एच६, हाभल जलियन, पिकअप पोयरका साथ बजार प्रवेश गरेको कम्पनीले ग्रेट वाल मोटर्सका प्रशंसकहरुका लागि हाल बजारको अवस्थालाई मध्येनजर गर्दै चाडै नै भर्चुअल कार सोकेस होस्ट गर्ने भएको छ ।

राम्रो बनावट र प्रिमियम विशेषताले भरिपूर्ण हाभल एच६मा शक्तिशाली २.० लिटर पेट्रोल टर्बो इन्जिन रहेको छ । त्यसैगरी हाभल जलियन १.५ लिटर पेट्रोल टर्बो इन्जिन र पोयरमा २.० लिटर डिजल टर्बो इन्जिन रहेको छ ।

ग्रेट वाल मोटर्सको शोरुम काठमाडौंको थापाथलीमा रहेको छ । ग्राहकहरुलाई देशभर एक प्रिमियम अनुभव प्रदान गर्नका लागि यसको नेटवर्क नेपाल भरिका प्रमुख शहरहरुमा विस्तार गर्ने योजना रहेको भी.जी. इम्पेक्सले जनाएको छ । निकट भविष्यमा ग्रेट वाल मोटर्सले नयाँ जेनेरेशनको इलेक्ट्रिक कार ओरा आर१ नेपाली बजारमा ल्याउने योजना बनाएको छ । साथै कम्पनीले विङ्गल पिकअप पनि छिट्टैै नै बजारमा ल्याउने तयारीमा रहेको छ । ग्रेट वाल मोटर्स एसयूभी र पिकअप ट्रकको ग्लोबल निर्माता हो ।

चीनबाट विश्वमा आफ्नो उपस्थिति जनाउने यो पहिलो चिनियाँ अटो व्यवसाय हो । चीन बाहेक यस कम्पनीले ६० भन्दा बढी देशहरुमा ५०० भन्दा धेरै वितरकहरुको अन्तर्राष्ट्रिय नेटवर्क मार्फत आफ्ना उत्पादनहरु वितरण गर्दछ ।

Recent Comments

No comments to show.