अध्यागमन विभागले भोलिदेखि भिसा सेवा सुरु

अध्यागमन विभागले भोलिदेखि भिसा सेवा सुरु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । भोलिदेखि अध्यागमन विभागले भिसा सेवा सुरु गर्ने भएको छ ।

निषेधाज्ञाका कारण गएको जेठ पाँच गतेदेखि बन्द रहेको भिसा सेवा असार १८ देखि सुरु हुने विभागले जनाएको हो । 

सरकारले तोकेका मापदण्डको पालना गर्दै सेवा सुचारु गरिने बताइएको छ । गएको बैशाख १५ सम्म नेपालको वैध भिसा भएका विदेशीको हकमा असार २४ भित्र नेपालबाट प्रस्थान हुने भएमा निःशुल्क भिसा नियमित गरिने जनाइएको छ । 

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै निःशुल्क भिसा नियमित गरिने विभागको सूचनामा उल्लेख छ । यस्तै नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्नका लागि विभाग वा अन्तर्गतका कार्यालयहरुमा आवेदन गरेमा विलम्ब शुल्क र जरिवाना नलिइ भिसा नियमित गरिने पनि विभागले जनाएको छ ।

तर असार २४ गतेपछि भिसा नियमित गर्न आउने र नेपालबाट प्रस्थान गर्ने विदेशीको हकमा भने नियम अनुसार भिसा शुल्क, विलम्ब शुल्क र जरिबाना लाग्नेछ । 

Recent Comments

No comments to show.