राउटे युवतीमाथि दुर्व्यवहार गर्ने तीनै जना पुर्पक्षका लागि कारागार चलान

राउटे युवतीमाथि दुर्व्यवहार गर्ने तीनै जना पुर्पक्षका लागि कारागार चलान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

न्यायाधीश दिलप्रसाद सापकोटाको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएलगत्तै उनीहरूलाई कारागार चलान गरिएको हो । 

सुर्खेत जिल्ला अदालतले गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भुपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।

अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलका अनुसार उनीहरुविरुद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो।

गएको जेठ २१ गते राति उनीहरुले १९ र २३ वर्षीया राउटे युवतीलाई यौन दुर्व्यवहार गरेका थिए। होटलमा पुर्‍याएर यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि २३ गते प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।

Recent Comments

No comments to show.