काठमाडौ । म्याग्दीको सदरमुकाम बेनीमा यात्रुबाहक जीप दुर्घटना हुँदा २ यात्रुको घट्नास्थलमै मृत्यु भएको छ।
सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा थप छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
दुर्घटनामा परी बेनी नगरपालिका(५ डडुवाकी १९ वर्षीया सविना भण्डारी र मंगला गाउँपालिका(१ का १३ वर्षीय बिमल विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया