पछिल्लो २४ घण्टा थप २८९२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टा थप २८९२ जनामा कोरोना संक्रमण पुष्टि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर २८९२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८७ जनामा गरिएको पीसीआर परीक्षणमा १८८९ जना र ४३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १००३ जना गरी कुल २८९२ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३६ हजार ९१६पुगेको छ । पछिल्लो २४ घण्टामा ४३४८ जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले नेपालमा संक्रमणदर २६ प्रतिशत पुगेको छ ।

केही दिन अघिसम्म २३ प्रतिशत रहेको संक्रमण दर झन्डै साढे तीन प्रतिशतले वृद्धि भएको हो ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ९२ हजार ५३५ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३५ हजार ३१० रहेको छ ।

Recent Comments

No comments to show.