खुलामञ्चको बसपार्क हटाइने, सवारीसाधन ‘पिक एण्ड ड्रप’ प्रणालीमा चलाइने

खुलामञ्चको बसपार्क हटाइने, सवारीसाधन ‘पिक एण्ड ड्रप’ प्रणालीमा चलाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं।  काठमाडौ महानगरपालिकाकाले खुलामञ्चस्थित बसपार्क हटाएर सबै सवारीसाधनलाई पिक एण्ड ड्रप प्रणालीमा सञ्चालन गर्ने भएको छ ।

महानगरको यो निर्णयसँगै अब साना तथा ठूला सार्वजनिक सवारीसाधन सहरी क्षेत्रमा लामो समयसम्म एकै स्थानमा रोकिएर बस्न पाउने छैनन् । साथै उनीहरुले खुलामञ्चमा सवारी पार्किङसमेत गर्न पाउने छैनन् । 

काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क हटाएर काठमाडौ टावर निर्माण गर्न थालेपछि बसपार्कलाई खुलामञ्चमा सारिएको थियो । अहिले खुलामञ्चबाट पनि बसपार्क हटाएपछि यातायात व्यवसायी तथा मजदुरहरुले महानगरको निर्णयको विरोध गर्दे आएका छन् । 

महानगरपालिका र यातायात व्यवसायीका प्रतिनिधि तथा मजदुरका प्रतिनिधिबीच मंगलबार भएको छलफलमा आरएनएसी आसपास, न्युरोड गेटअगाडि र वीर अस्पताल अगाडिको रोडमा नै पिक एण्ड ड्रपको सिस्टम अध्यावधिक गरेर व्यवस्था मिलाउने सहमति भएको महानगरप्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए । 

Recent Comments

No comments to show.