मुलुकभर ७१ हजार ९५८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकियो

मुलुकभर ७१ हजार ९५८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । मुलुकभर २७ प्रतिशत धान रोपाई भएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार सोमबार साँझसम्म  मुलुकभर  २७.१२ प्रतिशत भू-भागमा धान रोपाई भएको छ । 

देशभर १३ लाख ७१ हजार ७ हेक्टर क्षेत्रफल धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म ७१ हजार ९५८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ।

कृषि विभागको तथ्यांक अनुसार आर्थिक वर्ष ०७७/७८ मा १४ लाख ७३ हजार ४ सय ७४ हेक्टरमा रोपाइँ भएको थियो भने २०७६/७७ मा १४ लाख ५८ हजार ९ सय १५ हेक्टरमा रोपाइँ भएको थियो ।

देशभरका ७७ जिल्लामध्ये रामेछापमा यस वर्ष कम पानी परेका कारण रोपाइँमा ढिलाइ भएको गुनासो विभागमा आएको छ । अन्य जिल्लाहरुमा भने रोपाइँ नियमित रुपमा चलिरहेको विभागको भनाइ छ ।

कुल धान उत्पादनको झण्डै ७५ प्रतिशत हिस्सा ओगट्ने प्रदेश दुईमा भर्खर रोपाइँ सुरु भएको विभागले जनाएको छ । कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ भने प्रदेश दुईमा सबैभन्दा कम १० प्रतिशत क्षेत्रधफलमा मात्रै रोपाइँ सकिएको छ ।

Recent Comments

No comments to show.