कालीगण्डकी डाइभर्सन आयोजना प्रति सांसद मल्लको आक्रोश किन ?

कालीगण्डकी डाइभर्सन आयोजना प्रति सांसद मल्लको आक्रोश किन ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा । प्रदेश र प्रदेशवासीको हित विपरीत संघ सरकारले कालीगण्डकी डाइभर्सन आयोजना कार्यालय खोलेपछि सर्वत्र विरोध भएको छ। 

यसै विषयमा गण्डकी सरकारले सोमबार सर्वपक्षीयरसर्वपक्षीय बैठक गरेको छ। ठकमा सहभागी  राजनीतिक दल, धार्मिक संघसंस्था, स्थानीय नागरिक र जनप्रतिनिधि समेत यसका विपक्षमा उभिएका छन्। कालीगण्डकी तिनाउ डाइभर्सन बहुउदेश्यीय आयोजना मानवीय एवं पर्यावरणीय हितविपरित रहेको रहेको भन्दै डाइभर्सन तत्काल रोकिनु पर्ने आवाज उठेका छन्। 

डाइभर्सन आयोजनाले स्याङजाको राम्दीदेखि ( देवघाटसम्मका १ सय ३३ किलोमिटर अन्र्तगत चापाकोट नगरपालिका, रामपुर नगरपालिका हुँदै रम्भा, निस्दी, घिरिङ, बुलिङटार, बौदीकाली, देवघाट गाउँपालिकाका हजारौं परिवार प्रभावित हुने छन्।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आफ्नो चुनाव क्षेत्र लक्षित कालीगण्डकी तिनाउ डाइभर्सन आयोजनालाई चलाखीपूर्ण तवरले अघि बढाउने भएका छन् । कार्यालयको शनिबार उपप्रधानमन्त्री बिष्णु पौडेलले उद्घाटन गरे। 

आयोजनालाई लिएर सुरुदेखि नै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशकै नदी तटीय क्षेत्रका स्थानीय तहहरुले यसको बिरोध गरिरहेका छन्। तर संघीय सरकारले विवाद समाधानका प्रयास र समन्वय नै नगरी काम अगाडि बढाउन खोजेको छ। मन्त्री पौडेलले यो आयोजनालाई सफल बनाएरै छोड्ने दाबी दोहार्याए। यसलाई राष्ट्रिय गौरबको आयोजनाको रुपमा अगाडि बढाइने पनि प्रतिवद्दता जनाए।

कालीगण्डकीको पानी तिनाउ नदीमा खसालेर रुपन्देही र कपिलबस्तुमा सिंचाइ सुविधा पुर्याउनुका साथै १२६ मेघावाट बिद्युत निकाल्नु यो आयोजनाको मुख्य उद्देश्य हो। गण्डकी र लुम्बिनी प्रदेशका जिल्ला हुँदै बगेर नारायणी नदीमा मिसिने कालिगण्डकीको पानीलाइ डाइर्भट गरी तिनाउ नदीमा मिसाइने छ। त्यसका लागि २७ र ३ किलोमिटरका दुईवटा सुरुङ बन्नेछन्।  गण्डकी प्रदेशमा पर्ने स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङगा र  लुम्बिनी प्रदेशमा पाल्पाको रम्भा गाँउपालिका ३ पिपलडाँडामा बाँध बाँधी २७ किलोमिटर सुरुङमार्फत् पाल्पाको तिनाउस्थित दोभानमा पानी खसालिने छ।

आयोजना प्रमुख कैनीका अनुसार त्यसबाट १ सय मेघावाट बिद्युत निकाल्ने लक्ष्य छ। झण्डै ९ मिटर चौडा  सुरुङबाट ८२ घनलिटर प्रतिसेकेन्ड पानी तिनाउ नदीमा खसाल्न सकिने प्राविधिक अनुमान गरिएको कैनीले बताए।  केही भाग पानी बुटवलको बेलवाससम्म सुरुङमार्गमार्फत् ल्याएर त्यहाँ २६ मेघावाट बिद्युत उत्पादन गर्ने भनिएको छ। बेलबाससम्म ल्याइएको पानीलाई नहरबाट सिंचाइका लागि कपिलबस्तुको बाणगंगा पुर्याइने छ। 

कालीगण्डकी अथवा गण्डकी नदी संसारको सबै भन्दा गहीरो गल्छी बनाएर बग्ने नदी हो। यस नदीको किनारमा  लोमान्थाङ, जोमसोम, बेनी, बाग्लुङ, कुश्मा पूर्तीघाट, सेतीबेनी, मिर्मी, रुद्रबेनी, रिडी, डेढगाउँ देवघाट, नारायणघाट रामपुर तथा चापाकोट तथा त्रिबेणी प्रमुख बस्ती तथा शहरहरू छन्  ।

हिन्दू धर्मका विष्णु भगवानको साक्षात् रूप मानिने अति दुर्लभ शालिग्राम पाइने एकमात्र स्थानका रूपमा रहेको तथा मुक्तिनाथ र देवघाटजस्ता पवित्र धार्मिक तीर्थस्थललाई जोड्ने कालीगण्डकी नदीको धार्मिक र सांस्कृतिकमात्र नभई पर्यटकीय महत्त्वसमेत रहेको छ । रामपुर नगरपालिकाको वडा न १ मा शालीग्राम संग्राहलय समेत छ । कालीगण्डकी डाइभर्सनको ले कालीगण्डकी क्षेत्रका कयौँ धार्मिक एवं सांस्कृतिक सम्पदाहरूलाई नष्ट पारी  सम्पूर्ण जीवन्त सभ्यता,संस्कृति र परम्परालाई मरूभूमि बनाउने योजना हुने भनाइ स्थानीय वासिन्दाको छ 

गण्डकी प्रदेश सरकारले यसको खुलेरै विरोध गरेको छ । कालीगण्डकी करिडोर क्षेत्रका स्थानीय तहका पदाधिकारीले कुनैपनि हालतमा आयोजना अघि बढ्न नदिने उद्घोष गरिसकेका छन । धार्मिक तथा सांस्कृतिक महत्वसँगै पूर्वाधारमा पनि यसले प्रयाप्त असर पार्छ । यसले तटीय क्षेत्रलाई मरुभुमि बनाउँछ । गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्लले यस कार्यको खुलेर विरोध जनाउनु भएको छ । उहाँ को अनुसार हिन्दु धर्मशास्त्र अनुसार कलिको ५ हजार वर्ष पछाडि विश्वका सबै तीर्थस्थलका देवीदेवता कालिगण्डकीको शालिग्राममा बास बस्ने भएकोले यसको धार्मिक महत्व छ । त्यस्तै विश्वको एकमात्र शालिग्राम पाइने नदी पनि कालिगण्डकी भएकोले यसलाई नोक्सान गर्नु हुँदैन । 

शालिग्रामको बासस्थान भएकोले पनि नदीको पानी डाइभर्ट गर्न हुँदैन । 

कालीगण्डकी नदीको पानीले दायाँबायाँका क्षेत्रमा सिंचित गरेको हुनाले डाइभर्ट हुँदा त्यो क्षेत्र सुख्खा हुनेछ ।  नदी सुख्खा भएर माटोभित्रको पानी सुक्नासाथ खोलाछेउछाउका जरुवा सुक्छन । त्यो सुक्नु भनेको गाउँ मरुभुमि बन्नु हो ।

 गण्डकी प्रदेशको पर्यटकीय सम्भावना नास्ने अधिकार लुम्बिनी प्रदेशको त कुरै छोडौ संघीय सरकारसँग पनि नभएको उनले बताए । त्यसबाहेक पर्यटन क्षेत्रमा यसको उत्तिकै महत्व छ ।  राम्दीबाट देवघाट हुँदै नारायणगढसम्मको र्‍याफ्टिङ निकै नै चल्तीको रुट हो । पर्यटन क्षेत्रका लागि पनि महत्व को नदी भएकोले डाइभर्ट गर्नु भनेको पर्यटनलाई मार पार्नु हो  कालीगण्डकीलाई डाइभर्ट गर्दा नेपालकै जलयात्रा व्यवसाय तहसनहस हुन्छ  । 

Recent Comments

No comments to show.