सरकारी जग्गा कब्जा गरेको आरोपमा हाम्रो टिम नेपालका विमल पन्त पक्राउ

सरकारी जग्गा कब्जा गरेको आरोपमा हाम्रो टिम नेपालका विमल पन्त पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंं महानगरपालिकाले ‘हाम्रो टिम नेपाल’ले प्रयोग गर्दै आएको अनामनगरको सरकारी जग्गा खाली गराएको छ ।

अनामनगरको युनियन हाउससँगै रहेको सरकारी जग्गा १ वर्षदेखि जबरजस्ती भोगचलन गर्दै आएको र पटक-पटक ताकेता गर्दा पनि खाली नगरको भन्दै महानगरले जग्गा खाली गराएको हो ।

सो क्रममा महानगरले उक्त जग्गामा रहेको टहरा समेत भत्काएको छ । खाली गराउने क्रममा प्रहरीले हाम्रो टिम नेपालका अभियन्ता विमल पन्त लगाएतका अभियान्ताहरूलाई नियन्त्रणमा लिएको छ ।

उक्त जग्गा प्रयोगका बारेमा स्थानीय र हाम्रो टिम नेपालबीच विवादसमेत भएको थियो । हाम्रो टिम नेपालले निषेधाज्ञाका समयमा विपन्न नागरिकहरूलाई खाना खुवाउने, लत्ता कपडा वितरण गर्ने अभियान सञ्चालन गर्दै आएको थियो ।

Recent Comments

No comments to show.