झिनो अंकले बढ्यो शेयर बजार,७ अर्ब ७२ करोडको कारोबार

झिनो अंकले बढ्यो शेयर बजार,७ अर्ब ७२ करोडको कारोबार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । साताको दोस्रो दिन आज शेयर बजार झिनो अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार आज शेयर बजार ५।३ अंकले बढ्दा नेप्से परिसूचक २८७५।४५ अंकमा पुगेको छ ।

आज २१९ कम्पनीको ७ अर्ब ७२ करोड ५५ लाख ९४ हजार ९६५ रुपैयाँ बराबरको १ करोड ९२ लाख ८३ हजार ६५ कित्ता शेयर किनबेच भएका छन् ।

बुधबार कारोबारमा आएका १३ समूह मध्ये ६ वटाको परिसूचकमा हरियाली छाएको छ । भने ७ वटाको परिसूचक घटेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयरमूल्य बढ्ने कम्पनीमा सिभिल लघुवित्त वित्तिय संस्था र सबैको लघुवित्त वित्तिय संस्था रहेका छन् । जसको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ ।

त्यसैगरि, आज बेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशीको कारोबार भएको छ । यस कम्पनीको आज ६६ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।

Recent Comments

No comments to show.