निषेधाज्ञामा काठमाडौं उपत्यकामा के खुल्छ, के खुल्दैन ? (पूर्णपाठ)

निषेधाज्ञामा काठमाडौं उपत्यकामा के खुल्छ, के खुल्दैन ? (पूर्णपाठ)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा दुई महीनाबाट लागू भइरहेको निषेधाज्ञा फेरि एक साता थपिएको छ।

काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकलेले  निषेधाज्ञा असार २१ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

भोलिबाट सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। बैठकले भोलिदेखि २५ सीट क्षमताभन्दा ठूला सार्वजनिक गाडीहरु जोरबिजोरका आधारमा चल्न दिने निर्णय गरेको हो ।

उपत्यकामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्युटिपार्लर, हेल्थक्लब, फूटसल, जीमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न पाइनेछैन। 

खुला स्थानमा भेला हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभतेर आदि गर्न–गराउन नपाइने, विवाह, व्रतबन्ध तथा सामूहिक रूपमा गरिने सांस्कृतिक कार्यहरू होटल तथा पार्टी प्यालेसमा गर्न नपाइने भएको छ। यससँगै पुजारीबाट हुने नित्य पूजाबाहेक अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिमा रोक लगाइएको छ। 

विद्यालय, कलेज, विश्वविद्यालय पनि खोल्न नपाइने भएको छ। शैक्षिक संस्थाले भौतिक उपस्थितिमा परीक्षा पनि लिन पाउनेछैनन्। 

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्न दिए पनि काठमाडौं प्रवेशमा लगाइएको रोक यथावत् छ। काठमाडौं बाहिरबाट अत्यावश्यक कार्य (उपचार, मृत्युसंस्कार, बिरामी तथा कुरुवा) बाहेक अन्य कामका लागि आउन पाइनेछैन। 

अब दैनिक उपभोग्य सामानका पसल, स्टेसनरी, खेलकुद सामग्रीका पसल साँझ ६ बजेसम्म खोल्न पाइनेछ। डिपार्टमेन्ट स्टोर, शपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, सुनचाँदी पसल, भाँडा, विद्युतीय घरायसी सामग्री पसल, निर्माण सामग्रीका पसल भने बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न दिइने भएको छ। 

उपभोग्य सामानको होम डेलिभरी, रेस्टुरेन्ट एवं फास्टफुड तथा अन्य अर्डर ‘टेक अवे’ सेवा साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ।

Recent Comments

No comments to show.