माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको छैन : ओली

माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको छैन : ओली

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर नगरेको बताएका छन्। 

मदन भण्डारीको ७०औं जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले पूर्वमहासचिव नेपाललाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष बनाउन प्रस्ताव नगरेको बताएका हुन्।

‘तपाईंहरूले दुई-तीन दिन अघिदेखि सुन्नुभयो होला। मैले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ अ रे। म यो मान्दिनँ अ रे। मेरो शेरबहादुर देउवाप्रति यति निष्ठा छ, देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु। देशलाई धोका दिन्छु। जनतालाई धोका दिन्छु। तर, देउवालाई धोका दिन सक्दिनँ,’ उनले भने।

माधव नेपालले शेरबहादुर देउवाको पार्टी पनि ज्वाइन गर्न सक्छन्, प्रचण्डको पार्टी त ज्वाइन गर्नु नै छ, उनको गन्तव्य त्यही भएको उनले बताए।

‘माधव नेपाल भनेको प्रचण्डको मामुली कार्यकता हुन्। तर, अहिले धाक लगाएका छन्, केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्यो। मलाई बहुला कुकुरले टोकेको छ र कोही मान्छे नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव राख्न?,’ उनले भने। 

Recent Comments

No comments to show.