मदन भण्डारीको ७०औं जन्मजयन्ती मनाइँदै

मदन भण्डारीको ७०औं जन्मजयन्ती मनाइँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव ‘जननेता’ मदन भण्डारीको ७०औं जन्मजयन्ती आज मनाइँदैछ।

नेपालको कम्युनिष्ट आन्दोलनमा भण्डारीको योगादन र उनले प्रतिपादन गरको मौलिक सिद्धान्तबारे आज विविध कार्यक्रम गरिदैछ ।

बिक्रम संवत २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मनुभएका भण्डारीलाई नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका नवीन विचारक एवं सिद्धान्तकार मानिन्छ ।

उनले प्रतिपादन गरेका नेपाली क्रान्तिको मौलिक सिद्धान्त अर्थात जनताको बहुदलीय जनवाद ९जबज० लाई आज पनि एमालेले मुख्य राजनीतिक सिद्धान्तको रुपमा लिने गरेको छ ।

खासगरी भण्डारीले आर्जन गरेका लोकप्रियता र उनले बसालेका सेरोफेरोमा आज पनि नेकपा एमाले घुमिरहेको छ ।

पटक पटक टुटफुट र जुट हुँदै आजको अवस्थाामा आईपुगेको एमालेका हरेक समुहले मदन भण्डारीलाई आफ्नो आदर्श बताउने गरेका छन् ।

तर व्यवहारमा भने भण्डारीले अंगिकार गरेको सिद्धान्तलाई कसैले पनि अनुसरण गरेको पाइदैन ।

शाशन सत्ता र कुर्सीमा नपुगिकनै विश्वभर चर्चा कमाउएका जननेता मदन भण्डारीको मृत्यु २०५० साल जेठ ३ गत चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा रहस्यमय तरिकाले भएको थियो ।

एमालेले यसलाई हत्याकाण्ड भन्दै आएपनि पटक पटक सत्ताको नेतृत्व गरेका एमाले नेताहरुले छानविन नगर्नुलाई शंकास्पद रुपमा हेरिएको छ।

Recent Comments

No comments to show.