प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवासहित एक सय ४६ सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो। आज सुनुवाइको चौथो दिन पनि निवेदन पक्षका कानून व्यवसायीले बहस गर्ने भएका छन्। 

संवैधानिक इजलासले सुरुआति बहसका लागि निवेदक पक्षलाई १२ घण्टा दिएको छ। अब निवेदक पक्षको दुई घण्टा बाँकी छ। शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए। 

आज निवेदक पक्षको बहस सकिएपछि सरकारी पक्षका कानून व्यवसायीले बहस गर्नसक्नेछन्। महान्यायाधिवक्ता कार्यालयका कानून व्यवसायी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निजी कानून व्यवसायीले बहस गर्नेछन्। 

गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कात्तिक र मंसिरमा मध्यावधि चुनाव घोषणा गरेकी छिन्। त्यसका विरुद्ध देउवासहित एक सय ४६ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए। 

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ३० रिट दायर भएका छन्। जसमध्ये २६ रिटमा प्रतिनिधिसभा पुनस्र्थापना गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको छ। त्यस्तै, चार रिटमा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको छ। 

Recent Comments

No comments to show.