काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् ।
पार्टीको १४औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न आइतबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बदाधिकारी बैठक डाकिएको हो।
पार्टी क्रियाशील सदस्यता विवादबारे नेतृत्व तहमा छलफल गर्न बैठक बोलाइको बताईएको छ ।
क्रियाशील सदस्यतामाथिको उजुरी र इन्ट्री हुन बाँकी क्षेत्र तथा जिल्लाबारे सहमति कायम गरेर अगाडि बढ्न कांग्रेस पदाधिकारी तहमा छलफल हुन लागेको हो। क्रियाशील सदस्यका रुपमा सूचीकृत ८ लाखमध्ये करिब ३ लाख सदस्यका बारेमा विवाद छ।
प्रतिक्रिया