काठमाडौँ। महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट १ थान चितुवाको छाला सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सिन्धुली मरिन गाउँपालिका-३ सिरटोल घर भएका ३२ वर्षीय सुशिल कुमार वाईबा र ध्याङलेख गाउँपालिका-१ अमले घर भएका ३४ वर्षीय कान्छाराम वाईबा रहेको महाशाखा प्रमुख एसएसपी चन्द्र कुबर खापुङ्गले बताए ।
चितुवाको छाला अवैध रुपमा ओसारपसार गरी ६ लाख रुपैयाँमा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया