सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलाको समूहलाई तीन दिन थुनामा राख्न अनुमति

सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलाको समूहलाई तीन दिन थुनामा राख्न अनुमति

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलासहित उनको समूहका अन्य २ जनामाथि अनुसन्धान गर्न प्रहरीले ३ दिनको अनुमति पाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुसन्धानका लागि ३ दिनको अनुमति दिएको हो।

अभद्र व्यवहारको कसुरमा आइतबार पक्राउ परेकी संग्रौलासहितको समूहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए।

महानगरीय प्रहरी वृत्त गौशालाभित्रै खुश्बु घिमिरेमाथि कुटपिट गरेको घटनाको अनुसन्धानका लागि संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइबालाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।

संग्रौलासहित उनको समूहका व्यक्तिले अघिल्लो महिना महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि रंगभेदी दूर्व्यवकार गरेका थिए। उक्त घटनाका विषयमा समेत छानबिन हुने प्रहरीले जनाएको छ।

Recent Comments

No comments to show.