नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि, सबै उमेरकालाई जोखिम

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि, सबै उमेरकालाई जोखिम

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेपालमा कोरोना भाइरसको नयाँ रुपको कोरोना फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको जनाएको  हो ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘डेल्टा भेरियन्ट’ को नयाँ म्युटेसन भएको जनाएको छ ।  हालै मात्र त्यसलाई डेल्टा पल्स नामाकरण गरिएको हो। डेल्टा भेरियन्ट देखिएको कुल नमुना स्वाबमध्ये ९ जनाको स्वाबमा डेल्टाको उत्परिवर्तित रुप (K417N mutation) देखिएको हो।

त्यसलाई आधिकारिक नाम AY.1 दिइएको छ। केही समयअघि बेलायती पत्रिकाहरुले ‘नेपाल भेरियन्ट’ देखिएको भनेर दाबी गरेका थिए। तर त्यो नयाँ भेरियन्ट नभइ डेल्टा भेरियन्टको यही म्युटेसन रहेको थियो। युरोपका केही देशमा यसअघि नै के डेल्टाको (K417N mutation) देखिएको थियो।

हालै मात्र त्यसलाई डेल्टा पल्स नामाकरण गरिएको हो।यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनहरुबाट पाइएको मन्त्रालयको भनाइ छ ।

हालसम्म डेल्टा भाइरसको यस रुप नेपालसहित भारत, पोर्चुगल, बेलायत, अमेरिका लगायत १० देशमा पाइएको छ। यो म्युटेसनमा बेटा भेरियन्टकै जस्तो म्युटेसन देखिएकोले यसले पार्न सक्ने प्रभावका बारेमा वैज्ञानिकहरुले अझै अनुसन्धान गरिरहेका छन्।

Recent Comments

No comments to show.