काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि थप एक साता लम्ब्याउने तयारी थालिएको छ।
ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाका अनुसार यस विषयमा छलफल गर्न आज अपराह्न ४ बजेपछि उपत्यकाका तीनै (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्दै छ।
बैठकमा छलफल गरेपछि निषेधाज्ञा थप गर्ने र कुन-कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुने उनले बताए। हाल खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन्।
जोर-बिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिनेजस्ता विकल्प अगाडि सारेर छलफल गरिए पनि त्यसअनुसार निर्णय भइसकेको छैन।कोरोना संक्रमित घट्दै गए पनि जोखिम भने कायमै रहेकोले निषेधाज्ञा एक साता बढाउने तयारी छ।
प्रतिक्रिया