सभापतिमा फेरि उम्मेदवारी दिने देउवाको घोषणा

सभापतिमा फेरि उम्मेदवारी दिने देउवाको घोषणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

पार्टीले आगामी भदौमा १४औं महाधिवशेन गर्ने संशोधन कार्यपालिका पारित गरेसँगै उनले सभापतिमा दोहोरिने चाहना रहेको बताएका हुन ।

शनिबार मध्याह्न देउवा निवासमा भएको छलफलमा उपसभापति विमलेन्द्र निधिले भने आफू पनि सभापतिमा उम्मेदवारी दिन लागेको जानकारी गराएका थिए । केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, जंगीलाल यादव र शम्भु श्रेष्ठ उपस्थित छलफलमा निधिले यसपटक सभापतिमा आफूलाई सघाउन देउवालाई आग्रह गरेका थिए । देउवालाई प्रधानमन्त्रीमा आफूले सहयोग गर्ने निधिको भनाइ थियो । 

सभापति देउवाले भने पुनः एकपटक आफूलाई सघाउन भनेका थिए । निधि आफ्नो अडानमा यथावत् रहेपछि देउवाले ‘उम्मेदवारी दिने तपाईंको पनि अधिकार हो’ भनेको एक नेताले बताए । त्यसअघि शनिबार नै प्रदेश १ का केन्द्रीय सदस्यहरूलाई पनि देउवाले आफू सभापतिमा उठ्न लागेको र त्यसका लागि सहयोग गर्न भनेका थिए ।

देउवा निकट नेता ज्ञानेन्द्रबहादुर कार्कीले को(को उठ्ने भन्ने विषय आफ्नो पक्षका सबैलाई मिलाएर तय गर्नुपर्ने बताएका थिए । छलफलमा सहभागी मीन विश्वकर्मा र सीता गुरुङले पनि कार्कीको भनाइमा सहमति जनाएका थिए । 

देउवा र निधिसँगै रामचन्द्र पौडेल, कृष्ण सिटौला, शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह लगायतले पनि सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् । कांग्रेसको १४ औं महाधिवेशन १६(१९ भदौमा काठमाडौं गर्ने तय गरिएको छ ।  

Recent Comments

No comments to show.