काठमाडौं । बाराको सिमरास्थित जगदम्बा स्टिल्स उद्योगमा आगलागी हुँदा दुईजना भारतीय मजदुरको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारण घर भएका ४० वर्षिय प्रदिप गौण र बिहानकै सिवान जिल्लाका ४५ वर्षिय रामनाथ महतो छन्।
उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा बेलुकी साढे सात बजे आगलागी भएको थियो। आगलागीमा परी दुई मजदुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दिपक श्रेष्ठले बताए। दुईवटा दमकलले एक घन्टा लगाएर आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए।
प्रतिक्रिया