टेड्रोसद्वारा नेपाली स्वास्थ्यकर्मीको प्रशंसा

टेड्रोसद्वारा नेपाली स्वास्थ्यकर्मीको प्रशंसा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयसले नेपालमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप एक स्थानबाट अर्को स्थानमा पुर्‍याउनका लागि गरेको प्रयत्नको प्रशंसा गरेका छन् ।

मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप लैजानका लागि मिहेनत पूर्वक खोला तारिरहेको भिडिओ ट्विट गर्दै गेहब्रेयसले प्रशंसा गरेका हुन्। उनले स्वास्थ्यकर्मीलाई नायक भन्दै प्रशंसा गरेका छन्।

असार १ गते मुस्ताङको छापताङ् खोलामा बाढी आएर तर्न नसकिने भएपछि स्वास्थ्यकर्मीले पाइपको सहारले भ्याक्सिन राख्ने भाँडोलाई पारी तारेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

Recent Comments

No comments to show.