सरकारद्वारा सूचीकृत यी अस्पतालमा कोभिड १९ बिरामीहरुको उपचार नि:शुल्क, हेर्नुहोस् कुन-कुन अस्पताल हुन् ?

सरकारद्वारा सूचीकृत यी अस्पतालमा कोभिड १९ बिरामीहरुको उपचार नि:शुल्क, हेर्नुहोस् कुन-कुन अस्पताल हुन् ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले देशभरका सबै सरकारी अस्पतालहरुमा कोरोना संक्रमण कोरोना १९ का बिरामीहरुलाई नि:शुल्क उपचारको व्यवस्था गरेको छ ।

त्यसैगरी सरकारले सबै सरकारी साथै देशभरका विभिन्न ८३ वटा निजी अस्पतालहरुसँग सम्झौता गरि निशुल्क उपचारको व्यवस्था गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नि:शुल्क उपचारको सुविधा उपलब्ध हुने अस्पतालको सूची सार्वजनिक गरेको हो ।

त्यस्तै सुचिकृत अस्पतालमा उपचार गर्दा शुल्क लिए स्थानीय प्रशासन, जिल्ला प्रशासन कार्यलय, प्रदेशका सम्बन्धित निकायहरु अथवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सप्रमाण उजुरी गर्न सरकारले अनुरोध गरेको छ ।

सरकारले निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग विपन्न नागरिक कोरोना संक्रमितको निस्शुल्क उपचारका लागि सम्झौता गरेको छ।

ती अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितले आफैंले शुल्क तिर्न नसक्ने भएमा बिरामीहरुको उपचार बापतको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्नेछ ।

आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिने छ ।

Recent Comments

No comments to show.