कांग्रेसद्बारा नेपालकै प्रथम जगदगुरु पिठ चतराधामको जोखिम क्षेत्र सेनिटाइज

कांग्रेसद्बारा नेपालकै प्रथम जगदगुरु पिठ चतराधामको जोखिम क्षेत्र सेनिटाइज

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपाली कांग्रेस क्षेत्र नं ४ बराहक्षेत्रले नेपालकै प्रथम जगदगुरु पिठ  चतराधाम क्षेत्रमा सेनिटाइज गरेको छ। 

नेपालकै प्रथम कुम्भ मेला लाग्ने प्राचिन हरिद्वारको रुपमा परिचित प्रदेश नं १ कै प्रसिद्ध तिर्थ स्थलको रुपमा रहेको बराहक्षेत्र नगरपालिका १ चतरा स्थित प्रथम जगद गुरु पिठमा वटुक , बृद्दहरु समेत बस्ने र मानिसहरुको चहल पहल समेत हुने भएकाले पिठ सेनिटाइज गरेको  नेपाली कांग्रेस क्षेत्र नं ४ का सचिब रमेश कार्कीले जानकारी दिए ।

सचिब कार्कीका अनुसार पिठलाइ माक्स , सेनिटाइजर खाद्यान्न स्वरुप ५० केजि आलु पनि प्रधान गरिएको छ । सेनिटाइजसंगै नेपाली कांग्रेसका नेताहरु नेपाल महिला संघ केन्द्रीय सदस्य अनु गुरुङ , क्षेत्र नं ४ का सचिव रमेश कार्की , वराहक्षेत्र नगर सभापति नारायण नेपाल लगाएतले नेपाल राष्ट्रका प्रथम जगद गुरु बालसन्त मोहन शरण देबाआचार्यसंग देशको समसामयिक बिषयमा छलफल समेत गरेका थिए ।

३२ दिनदेखि कोरोना नियन्त्रणमा सुरक्षा सर्तकता सहित संक्रमितका घर–घरमा पुगेर सेनिटाइज , पोष्टिक तत्ब प्रदान गर्दै आएको नेपाली कांग्रेसको टोली सक्रमितको घरमा पुगेर पारासिटामोल र भिटामिन सि सहित आवश्य परे अक्सिजनको समेत ब्यवस्थापन गर्न थालेको छ ।

अभियानले गरिब , बिपन्न, मजदुर , जेष्ठ नागरिकलाई केन्द्रीय गरेर निशुल्क एम्बुलेन्स समेतको व्यवस्था गरेको छ ।

Recent Comments

No comments to show.