अर्को सातादेखि ‘स्मार्ट लकडाउन’, होटलमा क्वारेन्टीनमा बस्न नसक्नेलाई सरकारले पैसा दिने

अर्को सातादेखि ‘स्मार्ट लकडाउन’, होटलमा क्वारेन्टीनमा बस्न नसक्नेलाई सरकारले पैसा दिने

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  कोभिड–१९ व्यवस्थापन निर्देशक समितिले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेको छ।

अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मुल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्रलाई खुल्ला गर्दै ‘स्मार्ट लकडाउन’ तर्फ जाने  निश्कर्ष समितिले निकालेको हो।  यसको साथै नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाजस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ।

यी देशहरुबाट सातामा दुई हजार जना यात्रु भन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुनेछन्।

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टीनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टीनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

Recent Comments

No comments to show.